सम्पादकीय र प्रतिलिपि अधिकार नीति
१. हामी को हौं
स्वीडफिका (swedfika.com) स्वीडेनमा बस्ने नेपालीका लागि नेपाली भाषाको समाचार र सूचना वेबसाइट हो । संस्थापक तथा सम्पादक: सुरेश कार्की, स्टकहोम । सम्पर्क: सम्पर्क पृष्ठको फारम
२. समाचार कसरी लेखिन्छ
हामी सार्वजनिक स्रोत (सरकारी निकाय, Migrationsverket, स्वीडिश रेडियो, अनलाइनखबर, बीबीसी, युरोन्युज आदि) बाट तथ्य पढेर आफ्नै शब्दमा नेपालीमा लेख्छौं । कुनै वाक्य वा लेख नक्कल गरिँदैन । हरेक समाचारमा मूल स्रोतको नाम उल्लेख हुन्छ । नियम, शुल्क र मितिहरू सम्भव भएसम्म आधिकारिक वेबसाइटबाट जाँचिन्छन् ।
३. एआईको प्रयोग
समाचार सङ्कलन, पुनर्लेखन र केही चित्र बनाउन एआई उपकरणको सहयोग लिइन्छ । एआईले बनाएका चित्रमा “एआईद्वारा बनाइएको प्रतीकात्मक तस्बिर” लेखिएको हुन्छ; ती वास्तविक घटनाका फोटो होइनन् ।
४. तस्बिर र प्रतिलिपि अधिकार
फोटोहरू विकिमिडिया कमन्सका खुला लाइसेन्स (Creative Commons वा सार्वजनिक डोमेन) अन्तर्गत प्रयोग गरिएका छन् र हरेक फोटोमुनि लेखक, लाइसेन्स र मूल लिङ्क दिइएको छ (आकार मात्र परिवर्तन गरिएको) । कुनै सामग्रीले तपाईंको अधिकार हनन गरेको लाग्छ भने सम्पर्क फारममार्फत लेख्नुहोस्; हामी जाँचेर तुरुन्तै हटाउँछौं वा सच्याउँछौं ।
५. सच्याउने नीति
कुनै तथ्य गलत भेटिए हामीलाई इमेल गर्नुहोस् । पुष्टि भएपछि सकेसम्म चाँडो सच्याइन्छ र आवश्यक परे सच्याइएको जानकारी लेखमा राखिन्छ ।
६. यो कानुनी सल्लाह होइन
आप्रवासन, कर वा कानुनसम्बन्धी लेख सामान्य जानकारीका लागि हुन् । निर्णय गर्नुअघि सम्बन्धित आधिकारिक निकाय वा इजाजतप्राप्त वकिलसँग पुष्टि गर्नुहोस् ।
७. गोपनीयता
व्यक्तिगत विवरण र कुकीसम्बन्धी पूरा जानकारी गोपनीयता नीति पृष्ठमा छ ।
